काँग्रेस दाङमा ९ जना प्रदेश महाधिबेशन प्रतिनिधि निर्विरोध निर्वाचित

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर ३ गते शुक्रवार

दाङ :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  दाङमा शुक्रबार नै ९ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । समानुपातिक तर्फका केही पदहरूका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । दाङको प्रदेश निर्वाचन प्रदेश निर्वाचन क्षेत्र ३ को (क) चुर्ण बहादुर चौधरी थारू प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र ३ को (ख) मा थारू तर्फकै मधु चौधरी पनि प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र २ को (क) मा प्रदेश महाधिवेशन प्रतिनिधिमा आदिवासी जनजाति तर्फ धुर्ब कुमार पुन, खस आर्य तर्फ मनोज बुढाथोकी र दलित तर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

 त्यस्तै प्रदेश निर्वाचन क्षेत्र २ (ख) मा मुस्लिम तर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु सिद्धिकी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दाङको क्षेत्र प्रदेश निर्वाचन क्षेत्र १ को (ख) को प्रदेश महाधिवेशन प्रतिनिधिमा खस आर्य तर्फ घनश्याम केसी र विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । केसी पुरुषतर्फ र न्यौपाने महिलातर्फ निर्विरोध भएका हुन । अन्य पदमा भने निर्वाचन हुने छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार