माओवादी केन्द्रको तुलसीपुर ८ मा सम्पर्क कार्यालय उद्घाटन

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ३० गते मङ्गलवार


दाङ :  नेकपा माओवादी केन्द्र तुलसीपुर वडा नं ८ ले पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।  पार्टी वडा अध्यक्ष बिर बहादुर वलीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र तुलसीपुरका इन्चार्ज रामबहादुर दहितको प्रमुख आतिथ्यतामा पार्टी सम्पर्क कार्यालय तुलसीपुर ८ दोघरे नयाँ बस्ती चोकमा उद्घाटन गरिएको हो । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि दहितले वडा अधिवेशनको तयारी तीब्र पार्न निर्देशन दिए ।   कार्यक्रमलाई जिल्ला सदस्य चित्रबहादुर खड्का अनुपम, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय महासचिव निमबहादुर केसी, बुद्धिजीवी खगेश्वर भण्डारी लगायतकाले सम्बोधन गरेका थिए । 

निवर्तमान अध्यक्ष यमप्रसाद सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव जीवन केसीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार