प्रेस सेन्टर दाङले दश पालिकामा संगठन बिस्तार गर्ने

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक २७ गते शनिवार

दाङ :  प्रेस सेन्टर दाङले जिल्लाका दश पालिकामा संगठन बिस्तार गर्ने भएको छ । सेन्टरको शनिवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी कार्तिक ३० गते तुलसीपुर उपमहानगरपालिका र मंसिर ५ गते बंगलाचुलीमा प्रेस सेन्टरको भेला गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला दशवटै पालिकामा संयोजन गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।

जसमध्ये शान्तिनगर गाउँपालिकामा विकास डाँगी,  घोराही उपमहानगरपालिकामा सन्तोष डाँगी, तुलसीपुरमा दामोदर बस्नेत ( राकेश ) बंगलाचुलीमा जीवन नेपाली, राजपुर गाउँपालिकामा शान्तकुमार बूढा, लमही नगरपालिका उमेश बन्जाडे, गढवा गाउँपालिका पुष्पा पौडेल, बबई र दंगीशरण गाउँपालिका दीपक बोहरा  जिम्मा दिने निर्णय गरेको छ ।

यस्तै बैठकले ४ वटा विभाग पनि गठन गरेको छ । सङ्गठनका अध्यक्ष पाण्डव शर्मा प्रमुख र उपाध्यक्ष दामोदर बस्नेत (राकेश) उपप्रमुख भएको प्रकाशन विभाग गठन गरेको छ । जसको सदस्यमा अनिता पोख्रेल, जनक नेपाली, सन्तोष डाँगी, आभाष बुढाथोकी,सुमन केसी र राजेश चौधरी रहेका छन् । 

त्यस्तै सचिव जनक नेपाली प्रमुख भएको तालिम तथा प्रशिक्षण विभाग गठन गरिएको छ ।  विभागको सदस्यहरूमा हेमराज नेपाली (परिर्वतन) उदीराम चौधरी, कमल कँवर मगर, अङ्गतराज परियार,  विकास डाँगी र अस्मिता नेपाली रहेका छन् । महिला उपाध्यक्ष अनिता पोख्रेल प्रमुख र भावना सुवेदी उपप्रमुख रहेको महिला विभाग गठन गरिएको छ ।

जसको सदस्यहरूमा पुष्पा पौडेल अस्मिता नेपाली र वर्षा मगर रहेका छन् ।  कोषाध्यक्ष जीवन नेपाली प्रमुख र कार्यालय सदस्य गिरिराज नेपाली उपप्रमुख रहेको आर्थिक विभाग पनि गठन गरिएको छ । विभागको सदस्यहरूमा दीपक ओली, भागवत भट्टराई , र कमल कँवर मगरलाई जिम्मा दिने निर्णय गरेको सचिव जनक नेपालीले जानकारी दिए ।

यस्तै बैठकले गोरखापत्रमा कार्यरत पत्रकारलाई कामबाट हटाएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हटाइएका सम्पूर्ण पत्रकारलाई अविलम्ब काममा फर्काउन पनि जोडदार माग गरेको छ । यही मंसिर ९ गते दाङमा हुन गई रहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अधिवेशनमा आयोजक जिल्लाका रुपमा आतिथ्यता प्रदान गर्ने र आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दाङ जिल्ला इन्चार्ज जीवन गौतमले समाज परिवर्तनको जिम्मा पत्रकारको काधमा आइपुगेको बताए । माओवादी केन्द्र समाजवादको यात्रामा अघि बढेको भन्दै त्यस अनुरूपमा सामग्री लेखनमा पत्रकारले ध्यान दिन निर्देशन दिए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य नारायणी शर्मा (प्रतिक्षा) दामा शर्मा, सङ्गठनका संस्थापक तथा राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य अजयदीप शर्मा, नरेन्द्र केसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज पुरन शर्मा, प्रकाश चौधरी, भुपेन्द्र ओली, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी , निवर्तमान उपाध्यक्ष सन्तोष अधिकारी लगायतले बैठकलाई सम्बोधन गरे ।

बैठकमा सङ्गठनका अध्यक्ष पाण्डव शर्माले आगामी तीन वर्षे कार्ययोजना समेत पेश गरे । बैठक सेन्टरका अध्यक्ष पाण्डव शर्माको अध्यक्षमा बसेको थियो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार