अब शनिबार तुलसीपुर क्षेत्रका बजार बन्द हुने

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक २६ गते शुक्रवार

दाङ : तुलसीपुर बजार क्षेत्रका पसल भोलि देखी शनिवार बन्द हुने भएका छन् । हरेक हप्ताको शनिवार बन्द हुदै आएका बजार क्षेत्रका पसल, व्यवसाय र उद्योग चाडपर्वको समयमा खुल्ला हुने गरेका थिए । तुलसीपुर उद्योग बाणिज्य संघले यस अघि चाडपर्वलाई लक्षित गदै गत भदौ देखी शनिवार पनि बजार खुला गरेको थियो ।

तर, नेपालीहरुको महान चाडपर्वहरु सकिएको हुँदा भोली देखी लागु हुने गरी अब हरेक शनिवार बजार बन्द हुने उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिए।बजार क्षेत्रका पसल, व्यवसाय, कलकारखाना तथा उद्योगहरु शनिवार बन्द गर्ने निर्ण भएको उनले जानकारी दिए । पसल र उद्योगहरुमा कार्यरत मजदुरहरुको मागलाई पनि मध्यनजर गर्दै शनिवार बजार बन्द हुने संघले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार