खेलकुदमन्त्रीले अल्मुताइरीलाई भने– गोर्खाली स्पिडलाई कायम राख्नू, केही परे सिधै मलाई भन्नू

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक १४ गते आइतवार

काठाडमौं :  थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई आज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वागत गरेका छन् ।

अल्मुताइरी शनिबार राति नेपाल फर्किएका थिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप सकेर उनी सिधै कतार फर्किएका थिए । उनी शनिबार पुनः नेपाल फर्किएका हुन् । अल्मुताइरीलाई स्वागत गर्ने क्रममा मन्त्री गहतराजले विगतमा देखिएका समस्या नदोहरिने प्रतिवद्धता जनाएका थिए ।

 

 

तस्बिर : अब्दुल्लाह अल्मुताइरीको फेसबुकबाट

बाहिर चलेका हल्लाको पछि नगाग्नु होला । केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,” पाल्पाली ढाका टोली लगाइदिएर स्वागत गरेका मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ । गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला ।”

 

तस्बिर : अब्दुल्लाह अल्मुताइरीको फेसबुकबाट

अल्मुताइरीको यसअघि पटकपटक विवादमा तानिएका थिए । समर्थकलाई सम्बोधन गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले काममा बाधा भएकाले राजीनामा दिने बताएका थिए । अल्मुताइरीले फेसबुकमा उक्त स्ट्याटस लेखेपछि एन्फामा विवाद सिर्जना भएको थियो । एन्फाले विवाद समाधानका लागि मन्त्रालयलाई नै गुहार्नुपरेको थियो ।

तस्बिर : अब्दुल्लाह अल्मुताइरीको फेसबुकबाट

माल्दिभ्समै पनि उनले साफ च्याम्पियनसिपको फाइनलमा स्थानमा बनाएपछि अल्मुताइरीले कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । त्यहीअनुसार उनी नेपाल नफर्किई सिधै कतार गएका थिए ।

तर, पुनः थप दुई वर्षको सम्झैता नविकरण गरेर उनी नेपाल फर्किएका छन् । नेपाल फर्किएपछि उनले त्रिभुवन विमानस्थलमा आफ्नो घर फर्किएको बताएका थिए । उनै अल्मुताइरीले आज युवा तथा खेलकुद मन्त्रालयमा भने, “आज मेरो जीवनको अविस्मरणीय क्षण हो । नेपाली फुटबललाई थप उचाईमा पुर्‍याउनका लागि म प्रतिबद्ध छु ।”

१२ खरीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार