तीनै तहको चुनाव एकै पटक गरौं : माधव नेपाल

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक १२ गते शुक्रवार

पोखरा : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको उनले बताएका छन् ।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे ।

स्थानीय तहको चुनाव आगामी चैतमा गर्ने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् । स्थानीय तहको चुनावलाई पछि सार्ने कि अरु चुनाव अघि गर्ने ?जवाफमा नेपालले भने, ‘यसबारे धेरै सोच्न पाएको छैन । मलाई लागेकोमात्रै हो ।’

त्यसैगरी विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको अध्यक्ष नेपालले जिकिर गरेका छन् । उनले काम विशेषले बाहिर–बाहिर भएकाले त्यस विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका हुन् ।

उनले प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको समेत आरोप लगाए । ओलीले कसैको मानसम्मान नगर्ने सिस्टम भत्काउँदै हिँडेकाले न्यायिक क्षेत्र समस्यामा परेको नेपालको जिकीर छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार