‘पार्टी अफ्ठेरो पर्दा म चाहिने, अहिले माधव चाहियो : केशब सापकोटा

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक १० गते बुधवार

दाङ : नेकपा एमाले तुलसीपुरका निवर्तनमान अध्यक्ष केशव सापकोटाले पार्टीलाई आफ्टेरो पर्दा सहयोग गरेको भएपछि अहिले पुनः अध्यक्षकालागि फाराम पनि भर्न नदिएको गुनासो गरेका छन् । एमालेको मंगलबार तुलसीपुरमा भएको भेलामै उनले आपत्ति जनाएका छन् ।‘ बास्तबमै नेतृत्व बर्गले म प्रति घोर अन्याय गरेको छ ।

हिजो एमाले अफ्टयारो पर्दा केशव चहियो आज माधव चाहियो । मेरो लागि दरखास्त हाल्न दिएको छैन’, उनले भने‘ मैले एमालेको विरोध गर्न चाहेको छैन । नेतृत्वले फारम मभर्न दिएन भनेर पत्रकार सम्मेलन गर्छु । नेतृत्वले अन्याय गरेको भनेर पत्रकार सम्मेलन गर्छु ।’ तुलसीपुरका मेयर घनश्याम पाण्डेले आफूलाई फाराम भर्न नदिएको उनको आरोप छ । पार्टीले माधव ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार