संगठन पार्टी सञ्चालनको खम्बा हो : सांसद शर्मा

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ९ गते मङ्गलवार


 दाङ :  नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पार्टीलाई विधि, विधान र पद्धतिबाट सञ्चालन गर्दै जनजिविकाको पक्षमा प्रतिबद्ध भएर खट्नुपर्ने बताए । मंगलबार नेकपा एमाले लमही नगर संगठन कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अँगालेको विचार र सङ्गठनमै पार्टी सञ्चालनको आधार हुने, जनताको बहुदलीय जनवादमै पार्टीको मूल विचार तथा सिद्धान्त भएको बताए ।

नगर संगठन कमिटीका अध्यक्ष  दण्डीराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले जनताको पक्षमा दृढताको साथ उभिनुपर्नेमा जोड दिए ।  अधिवेशनलाई क्षेत्र नं. १ का इन्चार्ज नारायण डिसी छम्पाली, नगर प्रमुख कुलबहादुर केसी, जिल्ला सचिवालय सदस्य रतनकुमार केसी, जिल्ला सदस्य धुप नारायण चौधरी, क्षेत्र नं. १ का अध्यक्ष शिवराज गिरी, जिल्ला सदस्य पवन शर्मा रिजाल, जिल्ला सदस्य सुशीला शर्मा लगायतले सम्बोधन गरेका थिए ।

लमही नगरपालिका वडा नं. ५ का पार्टीका अध्यक्ष जगनारायण चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भानु जोशीले गरेका थिए । त्यस्तै अधिवेशनको बन्द सत्रले लमही नगरपालिकामा दण्डीराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा सर्वसम्मतले  निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार