एमालेको शान्तिनगर अध्यक्षमा केसी, घोराहीमा चौधरी चयन 

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ९ गते मङ्गलवार

दाङ :   नेकपा एमाले शान्तिनगर गाउँ कमिटीको अध्यक्षमा धन बहादुर केसी चयन भएका छन् ।   मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा थमन कनौँ मगर, सचिवमा टिकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी, अर्का उपसचिवमा शान्ति कडेल चयन भएका छन् । यसैगरी आर्थिक विभाग प्रमुखमा सन्त बहादुर कामी चयन भएका छन् ।

त्यस्तै नेकपा एमाले घोराही नगरकमिटीको अध्यक्षमा भुवन चौधरी  सर्वसम्मतमा चयन भएका छन् ।  जसको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उप सचिवमा काशिराम खनाल र कुल बहादुर गोतामे सर्वसम्मत चयन हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार