दाङ : बाँकेमा प्रहरीले कर्तव्य ज्यान मुद्दाको फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका २ का ३५ वर्षीय रिसवान थारू र २२ वर्षीय यज्ञ राना क्षेत्रीलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरूलाई हेलचेक्र्याइँ गरी कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले २०७७ माघ २६ गते १ वर्ष १ दिन कैद र जनही ११ हजार जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस