दाङ : नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १५ को अध्यक्षमा रूपलाल चौधरी चयन भएका छन् । एमालेको शनिबार भएको प्रथम वडा अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा धनी डाँगी , सचिवमा तेलाराम बुढाथोकी, उपसचिवमा श्यामलाल बूढा र तिलकराम नेपाली चयन भएको निर्वाचन अधिकृत राजिव ओझाले जानकारी दिए ।
त्यस्तै नवनिर्वाचित चौधरीले आफूलाई पार्टीले दिइएको जिम्मेवारी सफलता पूर्वक पुरा गर्ने बताए । उनले आफ्नो नेतृत्वको टिमले पार्टीको विकासका लागि एक भएर लाग्ने समेत बताए । त्यस्तै उनले आफूलाई वडाको नेतृत्व गर्नको लागि साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन समेत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना दिँदै पार्टीले एक नम्बर बनाउनको लागि काम गर्न आग्रह गरे । उनले वडामा सर्वसम्मतबाट ऊर्जाशील नेतृत्व आएकोमा खुशी व्यक्त गरे ।