ओलीको ट्याउँ-ट्याउँ सुन्नुभएको छ नि ! १० बुँदे भन्ने कस्तो हरिबिजोग : माधव नेपाल

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ६ गते शनिवार

फाइल तस्बिर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।  शनिबार काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीले आफ्नो आदेशको पालना गर्‍यो भने स्याबास भन्छन्। उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको? भन्छन्। सुन्नुभएको छ नि १० बुँदेको ट्याउँ-ट्याउँ।’

पार्टी विभाजनको क्रममा १० बुँदे सहमति भनेर आफ्नो साथ छाडेको तेस्रो धारका नेताहरुको एमालेमा हरिबिजोग भइरहेको उनले टिप्पणी गरे।  अध्यक्ष नेपालले भने, ‘कुनै मर्यादा छैन,कुनै सम्मान र कुनै छलफल छैन, त्यसैले हामी भनिरहेका छौँ त्यो पार्टी हामीले बनाएका हौँ।

केपी ओली कहाँ थिए ३१ सालमा हामीले दस्तावेज जारी गर्ने बेलामा? क्रान्तिकारी अपिल जारी गर्ने बेलामा? कहाँ थिए यी व्यक्तिहरु ३२ सालको जेठ महिनामा घोषणा जारी गर्दा कोर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा? त्यो बेलामा योद्धाहरु मुकुन्द न्यौपाने, झलनाथ खनाल हाम्रो साथमा हुनुहुन्छ। म स्वयम् तपाईंहरुको साथमा छु।’  एमाले आफूले यहाँसम्म ल्याएको पार्टी भएको दाबी गर्दै उनले पार्टी निर्माणमा केपी शर्मा ओली कम्पनीको कुनै भूमिका नभएको जिकिर गरे।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार