नेपाल इन्डोनेसियासंग पराजित

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ६ गते शनिवार

काठमाडौँ  : २३ बर्ष मुनिको मैत्रीपूर्ण फुटबलमा नेपाल इन्डोनेसियासंग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २–० गोलको हार व्यहोरेको हो ।पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।इन्डोनेसियाको जितमा सागारा र विटानले एक एक गोल गरे । एएफसी२३ बर्ष मुनिको एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलको हो ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार