आज देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ३ गते बुधवार

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ।

महाशाखका अनुसार बुधबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १ र  प्रदेश २ का केही स्थान साथै बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भने भीषण वर्षाको समेत सम्भावना रहेको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार