तुलसीपुर उद्योग बाणिज्य सँघको विभिन्न कार्यक्रम गरी २९ औं स्थापना दिवस मनायो

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक २ गते मङ्गलवार

दाङ :  तुलसीपुर   उद्योग   वाणिज्य  संघको २९ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका बिच मनाइएको छ ।  मंगलबार कार्तिक २ गते स्थापना दिवसको अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूका लागि फलफूल बितरण गरिएको छ  । सो अवसरमा बोल्ने वक्ताहरूले अस्पतालको बृहत्तर विकासका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहको बताएका थिए ।

उनीहरूले सबै क्षेत्रको समन्वय र सहकार्यका लागि तुलसीपुर उद्योग  वाणिज्य संघ अगुवाइ गर्न तयार रहेको समेत बताएका थिए । साथै संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको प्रमख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

सो अवसरमा तुलसीपुर    संघका  निवर्तमान अध्यक्ष वीर बहादुर रावत, पूर्व अध्यक्ष विमल रिजाल,  संघका  पूर्व सल्लाहकार एवम् नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश  हमाल ,  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्याल,   संघका सल्लाहकारहरू अनुपकुमार श्रेष्ठ ,मीनराज वली, पुरन सल्लाहकार नारायण प्रसाद खनाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त  गरेका थिए । 

 सो अवसरमा  अस्पतालका करिव एक सय बढि बिरामीहरूको स्वास्थ्य लाभको कामना सहित उनीहरूलाई  फलफूल बितरण गरिएको थियो । साथै कोभिड १९ बाट ग्रसित भई हाल काठमाडौंमा उपचार गराई  रहेका संघका  उपाध्यक्ष ललितजंग शाहको संस्थागतरूपमै स्वास्थ्य लाभको कामना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार