कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २४ गते आइतवार

सुर्खेत : कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका(१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बेपत्ता भएकी हुन् । दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि ९कैलालीको केवरीतर्फ० जाँदै गर्दा दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’ डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार