लागू औषध ब्राउन सुगर र चरेस सहित एक महिला पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २१ गते बिहिवार


दाङ :  कैलालीमा प्रहरीले अवैध लागू औषध ब्राउन सुगर र चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अजयमेरु गाउँपालिका  ४ घर भई हाल धनगढी उपमहानगरपालिका  १३ राजपुरमा  बस्ने ३४ वर्षीया आशा बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई बुधबार दिउँसो करिब साढे ४ बजेतिर ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र  ४४ ग्राम ७७० मिलिग्राम चरेस र १२ हजार २०० नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट गएको प्रहरी टोलीले विष्टले कोठाबाट लुकाई छिपाई राखेको उक्त मात्राको लागू औषध र नगद बरामद गरेको जनाएको छ ।  उनी माथि लागू औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार