काठमाडौँ : नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरु पनि जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने पाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्लाको सभापतिबाहेक अन्य पदमा उम्मेदवार दिन पाउने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी सभापती बाहेक अन्य पदमा उमेदवार हुन पाउने उल्लेख गरेका हुन् । उक्त व्यवस्था दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुने यादवले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस