चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प‘क्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १८ गते सोमवार

रूपन्देही  : शुद्धोधन गाउँपालिका ३ बेतानी स्थितमा पलाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी ( पश्चिम ) सुस्ता गाउँपालिका ३ घर भएका २२ वर्षीय अव देश हरिजनको चक्कु प्रहरी गरी ह‘त्या गरेको अभियोगमा भारत गोपालगन्ज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले प‘क्राउ गरेको छ ।  सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृ‘त्यु भएको हो ।   उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई प‘क्राउ गरेको हो । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार