राप्ती गाउँपालिका स्वास्थ्यको क्षेत्रमा दाङकै उत्कृष्ट पालिका 

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १७ गते आइतवार


 दाङ : राप्ती गाउँपालिका स्वास्थ्यको क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट भएको छ ।  गत आर्थिक वर्षको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य सफलता प्राप्त गरेको कारण जनस्वास्थ्य कार्यालय दाङले जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा गाउँपालिकालाई उत्कृष्ट पालिकाको रुपमा सम्मानित गरेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।  स्वास्थ्य क्षेत्रमा ९ सूचकमा रहेर मूल्याङ्कन गर्दा ६५ अङ्कमा ४७.८६ अङ्क प्राप्त गरि राप्ती गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।  स्वास्थ्य क्षेत्रमा खोपको अवस्था, आमा सुरक्षा, परिवार नियोजन, ईन टाइम रिपोटिङ, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रम लगायतका विषयमा उत्कृष्ट कार्य गरेकोले राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट भएको हो ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भई दाङमै पहिलो पालिका भएकोमा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खुसी व्यक्त गर्दै सम्पूर्ण बिरामीको सेवामा खटिनु भएका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू तथा कर्मचारीहरूलाई धन्यवाद तथा बधाई दिए । अध्यक्ष सुवेदीले नागरिकको नैसर्गिक अधिकार स्वास्थ्य उपचार तथा स्वास्थ्य रक्षा गर्न हामी सबै जनप्रतिनिधि तथा स्वास्थ्य कर्मी कटिबद्ध हुनु पर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशिल विषय तथा  कोरोनाको महामारीमा समेत निरन्तर कार्यमा खटिने स्वास्थ्य कर्मी तथा कर्मचारीहरूलाई स्वास्थ्य शाखा प्रमुख नारायण राउतले धन्यवाद प्रदान गरे । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार