६६ औँ प्रहरी दिवसको अवसरमा पैदल यात्रुलाई मास्क बितरण 

Author Logo..
शरद रेग्मी २०७८ असोज १७ गते आइतवार


दाङ : ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईंको माक्स खोई अभियान सञ्चालन गरिएको छ ।  सो अवसरमा बिरेन्द्र आसपासमा  माक्स नलगाएका पैदल यात्रु, विद्यार्थी, गाडी चालक र सर्वसाधारणहरूलाई नेपाल प्रहरी ,ट्राफिक प्रहरी लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरूले माक्स बितरण गरेका छन । कोरोना संक्रमण केही कम भएको भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईंको माक्स खोई अभियान लुम्बिनी प्रदेशका प्राय जसो सबै जिल्लामा सञ्चालनमा ल्याएको हो । आउँदै  गरेका  प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय , इलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी कार्यालय, रिपोटर्स क्लब दाङको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्द राज आचार्यले जानकारी दिए । माक्स बितरण कार्यक्रममा उनले कोरोनाको सङ्क्रमणबाट बाच्न माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोनाबाट बचौँ कोरोनाले कसैलाई पनि चिन्दैन कोरोनाले न त बुढो भन्छ न त जवान नै भन्छ भन्दै उनले सर्वसाधारणहरूलाई माक्स लगाउन प्रेरित गरेका थिए । 

तपाईंको माक्स खोई अभियानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, उपाध्यक्ष ललितजंग शाह, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँ लगायतको सहभागिता रहेको थियो ।  प्रहरी दिवसलाई प्रत्येक वर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ । ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङलगायतका प्रहरी युनिटहरूलाई बिभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन । आइतबार बिहान घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङले प्रभातफेरी गर्दै मास्क बितरण कार्यक्रमको आयोजना गरिएको प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार