नेपाली जनताले हुकुमी शासन भोग्नु प-र्यो : विप्लव

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १६ गते शनिवार

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्र नामको शासन मात्रै भएको दाबी गरेका छन्। शनिबार बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेपाली जनताले हुकुमी शासन भोग्नु परेको बताएका हुन्।
‘अहिले राणा त छैनन्। तर, नेपाली जनताले हुकुमी शासन भोग्नु परेको छ। अब फेरि विद्रोह गर्नुपर्छ। हामी अलमलिनु हुँदैन।’ उनले भने, ‘गणतन्त्र नामको शासन छ। तर, नेपाली जनतामा कुनै परिवर्तन छैन। मजदुरहरुले भनेको तलब पाएका छैनन्। ’ वर्तमान सत्ताले जनताको प्रतिनिधित्व नगरेको उनले बताए। विप्लवले भने, ‘यो सत्ताले जनताको आवाज सुनेको छैन।

नेपालका युवाहरुलाई अरबको मरुभूमिमा फसाइन्छ। नेपालका युवाहरुले विदेशका गल्लिमा दासत्वको जीवन विताउनुपर्ने बाध्यकारी स्थिति छ।’ विप्लवले एमाले,काग्रेंसका नेताहरुले मेनपावर चलाएर युवाहरुलाई विदेश पठाएको बताए। उनले भने, ‘हामी स्वतन्त्र चाहन्छौं। कथित लोकतन्त्रमा नेपालका युवाहरु बेचिनुपरेको छ। यसका विरुद्ध उत्रिन जरुरी छ।’  उनले विद्रोह गर्नका लागि बम दिमागमा हुनुपर्ने बताए। विप्लवले भने, ‘गलत ढंगले शासन गर्न खोजियो भने पहिलो आवाज उठ्छ, अनि मुठ्ठि उठ्छ, झण्डा उठ्छ मानिएन भने बम पनि उठ्छ। ’ जनयुद्धको बलमा गणतन्त्र स्थापना भएको बताए।

अन्नप्रर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार