१०६६ जना संक्रमित थपिँदा ९३८ डिस्चार्ज, १३ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १५ गते शुक्रवार

काठमाडौं  :  पछिल्लो २४ घन्टामा देशभर १ हजार ६६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिसिआर गर्दा ८९८ र एन्टिजेन परिक्षण गर्दा ३ हजार २५५ जनाको परीक्षण गर्दा १६८ संक्रमित थपिएका हुन। त्यसैगरी पछिल्लो २४ घन्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ९ सय ३८ जनाले कोरोनालाई जितेका छन्, भने हाल सम्म देशभर ७ लाख ६६ हजार ६९६ जनाले कोरोना जितेका छन् ।

त्यस्तै हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म नेपालमा ६३ लाख २८ हजार ३२७ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। यस्तै ७६ लाख ३१ हजार १८८ जनाले पहिलो डोज खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार