कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १० गते आइतवार

काठमाडौं :  काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ । गत मंगलबार कपनस्थित ढलमा खसेर बेपत्ता भएका उज्ज्वलको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनकाअनुसार स्थानीयले शनिबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बज्राचार्यले बालकले कपन मावि लेखेको लुगा लगाएको र अनुहार चिन्न गाह्रो हुने खालको रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार