भोलिदेखि तुलसीपुरको टरिगाउँमा खुला फुटबल प्रतियोगिता २०७८ सुरु

Author Logo..
लक्ष्मण बस्नेत २०७८ असोज ८ गते शुक्रवार


दाङ  : तुलसीपुरको टरिगाउँमा शनिबारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुँदैछ ।
टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा सञ्चालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक टरिगाउँ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छन् ।  खेल दिउँसो साढे दुई बजेदेखि सुरु हुनेछ । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कविन रजौरेले जानकारी दिएका छन । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै तुलसीपुर १२ मा रहेको टरिगाउँ खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्ने  छन् । यसैगरी व्यक्तिगत विधा तर्फ प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुरस्कृत गरिने छ । त्यसैबीच आयोजकले शनिवार दिउसो हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थितिका खेलप्रेमी, खेलाडी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार