श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ८ गते शुक्रवार

काठमाडौं, नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आ’रोपमा एकजना प’क्राउ परेका छन्। प’क्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए। घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नि’यन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

म सबैको प्रेमिका बन्न सकिन: कोमल वली

नेकपा (एमाले) नेतृ कोमल वलीले सबैको प्रेमिका बन्न नसकेको बताएकी छन् । शुक्रबार राति ट्वीट गर्दै वलीले मानव जातिमा सबैको प्रेमिका बन्न नसकिने बताएकी हुन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेकी वलीले भावना र कथा भन्दा प्रकृति र जीवन फरक रहेछ भन्दै प्रकृतिमा सधैँ सबैको सहयोगी बन्न नसकिने उल्लेख गर्दै सबैको प्रेमिका बन्न नसकेको बताएकी छन् ।

उनले आफूलाई कडा नबन्नु र सबैको प्रेमिका बन्नु भनेर प्रकृतिले दिएको भए पनि त्यो कुरा मानव जातिमा सम्भव नभएको बताएकी हुन् ।‘स्वभावैले कडा नबनु भन्ने मलाई प्रकृतिले दिएको थियो । स्वभावैले सबैको प्रेमिका बनु भन्ने पनि मलाई प्रकृतिले दिएको थियो’, वलीले तस्बिरसहितको ट्वीटमा थप लेखेकी छन्, ‘तर मानव जातिमा सबैको प्रेमिका बन्न सकिंदो रहेनछ ।

प्रकृतिमा सँधै सबैको सहयोगी बन्न सकिंदो रहेनछ । यी भावना र कथाहरु भन्दा प्रकृति र जीवन फरक रहेछ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार