अमेरिका र चीनलाई वार्तामा बस्न राष्ट्रसंघका महासचिवको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ६ गते बुधवार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा बस्न आग्रह गरेका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको महासभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटरेसले अमेरिका र चीनलाई तिक्तता त्याग्न आग्रह गरेका हुन्।

‘तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्छ,’ गुटरेसले भने, ‘तसर्थ, म अमेरिका र चीनलाई वार्तामा बस्न र आपसी बैमनस्यतालाई कम गर्न आग्रह गर्छु। यो समस्या समाधानका लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यसबारे धेरै कम पूर्वानुमान गर्न सकिने छ।’

उनले विश्वासलाई पुनः स्थापित गर्न र आशालाई प्रेरित गर्नका लागि संयुक्त राष्ट्रसंघलाई सबैको सहयोग जरुरी रहेकोमासमेत जोड दिए।संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले चीन र अमेरिकाले आफूहरूबीचको बिग्रिँदो सम्बन्ध सुधार नगर्ने हो भने शीतयुद्धको खतरा रहेको चेतावनी दिएका छन्।

यूएन महासचिव गुटेरेसले समाचार एजेन्सी एसोसिएटेड प्रेस ९एपी० लाई अन्तर्वार्ता दिँदै चीन र अमेरिकाबीचको तनाव फैलिनुभन्दा अगाडि रोक्न अति आवश्यक भएको बताए।

यसै हप्ता विश्वका नेताहरू संयुक्त राष्ट्र संघको वार्षिक सभामा कोभिड, जलवायुसम्बन्धी जस्ता धेरैवटा विश्व समस्याबारे छलफल गर्दै छन्। ​​

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार