दाङमा थप १० जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ६ गते बुधवार

दाङ :  जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानीय तहमा १३ जनाको एन्टिजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाका ६ जना, घोराही र लमहीका २/२ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा तुलसीपुरका ३ जना कोरोना मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ८७ पुगेको छ । ति मध्य ७८ जना होम आइसोलेसनमा, ६ जना आईसीयूमा  र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । त्यस्तै जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ६९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५७ जना निको भएका छन्, भने २ सय १५ जनाको ज्यान गएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार