तुलसीपुर उपमहानगरपालिकाद्वारा छोरीलाई साइकल वितरण

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ५ गते मङ्गलवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई ५० वटा साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा युएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडा गन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गरेका हुन । कार्यक्रममा युएनडिपी प्रतिनिधि लाबेले साइकल वितरणले छोरीलाई समयमै स्कुल सम्म पुर्याउनका लागि सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि सहयोग पुग्ने बताए । उनले विश्वमा किशोरी अघि बढेका देशहरू मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिए ।

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने बताए । उनले साइकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पूर्वाधार विकासलाई पनि सँगसँगै लैजाने बताए । उनले साइकिलको माध्यमबाट छोरीलाई शिक्षा र पढाईमा अघि बढाउने बताउँदै विश्वव्यापी रुपमा भएको वातावरण प्रदर्शनलाई पनि साइकल यात्राले न्यूनिकरण मद्दत पुग्ने समेत बताए । पर्यावरणलाई जोगाउनुका साथै साइकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले गत वर्षदेखि किशोरीहरूलाई साइकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले गत वर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साइकल बितरण गरेको थियो । उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अद्यतन गर्ने र घरदेखि स्कुलको दूरी आधाघण्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साइकल बितरण गर्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार