कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २ गते शनिवार

                     दाङ : कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।  मृतक पुरुषको गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचार भइराखेको थियो । उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको  अस्पतालले जनाएको छ । त्यस्तै जिल्लामा शनिबार २ जना कोरोना संक्रमित थपिए,भने   ४ जना  मुक्त भएका छन् । हाल जिल्लामा ७९ जना सकृय  संक्रमित रहेका छन । ति मध्य ६८ जना  होम आइसोलेसन ,७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।यस्तै जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३६ जना पुगेको छ ,भने ति मध्य ८ हजार ७ सय ४३ जना निको भएका छन । यस्तै   २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार