तुलसीपुर ६ द्धारा विद्यार्थीहरूलाई   माक्स, सेनिटाइजर वितरण

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ३० गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले विद्यार्थीहरूलाई   माक्स, सेनिटाइजर वितरण गरेको छ ।  वडाले माध्यामिक विद्यालय सेन्टर तुलसीपुरमा पुगेर बुधबारदेखि सुरु भएको कक्षा १२ का विद्यार्थीहरूलाई  माक्स, सेनिटाइजर र बालबालिकालाई बेवी  माक्स पाँच सय थान वितरण गरिएको वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
बढ्दो कोरोना सङ्क्रमणबाट विद्यार्थीहरूलाई जोगाउनका लागि स्वास्थ्य सुरक्षासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए  । वितरण कार्यक्रममा वडा सदस्य युवा करारा, वडा कर्मचारी नानीमैया वली लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार