एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने विप्लवको चेतावनी

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र २८ गते सोमवार

फाइल तस्बिर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् । एमसीसीको बिरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गरेका छन् । उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरेका छन् ।

नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ?भनि प्रश्न पनि गरे । उनले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराएका छन् । उनले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार