बबई नदीमा डुबेर एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र २७ गते आइतवार


दाङ : दाङमा बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ८ पिपरी निवासी १९ वर्षीय आशिष चौधरी रहेको प्रहरीले जनाएको छ । बन रक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा बबई नदीमा डुबेर आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनी दंगीशरण गाउँपालिका ३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए । आशिष दंगीशण घर भएका साथी विशाल चौधरीको घरमा गएको बेला पौडी खेल्न साथीहरूसँग बबई नदीमा गएका थिए । त्यही क्रममा नदीमा गएको र पौडिन नसकेर डुबेर मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिए । ‘ बन रक्षकका लागि फर्म भरेको रहेछन् । त्यसका लागि पौडिनु पर्ने, रूख चढ्नु पर्ने रहेछ’, उनले भने‘, त्यसकै लागि उनी साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएछ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार