मिडिया नेपालको लुम्बिनी प्रदेश प्रमुखमा वली

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र २६ गते शनिवार

दाङ :  मिडिया नेपालले केन्द्रिय कार्य समिति विस्तार गरेको छ । नेपालले लुम्बिनी प्रदेशको प्रमुखमा दाङ तुलसीपुरका तेज वलीलाई मनोनयन गरेको छ । शुक्रबार  मिडिया नेपालका विधानको परिच्छेद ५ दफा १९  ( संशोधित )  अनुसार केन्द्रिय पदाधिकारी तथा सदस्यहरूलाई मनोनयन गरिएको केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पौड्याल जानकारी दिए । विगत लामो समयदेखि विभिन्न सञ्चार माध्यममा आबद्ध वली यसअघि संघको ४ वर्ष दाङ जिल्ला अध्यक्ष भएर काम  गरिसकेका छन् । उनले आफूले  प्रदेश प्रमुखको जिम्मेवारी पाउँदा धेरै खुशी लागेको र  आगामी दिनमा अझै राम्रो काम गर्ने बताए । त्यस्तै विस्तारित कार्यसमितिहरूमा उपाध्यक्षहरू सूर्य बास्तोला ( कास्की ), हेमबाबु लेखक ( कन्चनपुर ), श्रीधर सुवेदी ( बाँके ), विकल श्रेष्ठ ( भक्तपुर ) ,अुगत देवकोटा ( जुम्ला ) रहेका छन् ।

त्यस्तै  उपत्यका संयोजकमा दिलमाया तामाङ (  काठमाण्डौ  ) मनोनयन गरिएको छ । त्यस्तै महासचिवमा मुकुन्द ढुंगाना ( नुवाकोट ), कोषाध्यक्षमा राजेन्द्र बस्नेत ( सोलुखुम्बु ) लाई मनोनयन गरिएको मिडिया नेपालले जनाएको छ । त्यस्तै  प्रदेश १ को  प्रमुखमा  विजय राउत ( सुनसरी ), बाग्मती प्रदेश प्रमुखमा विजय नेपाल ( सिन्धुपाल्चोक ), सुदूरपश्चिम प्रमुखमा  विमल जैरू ( डडेलधुरा ) लाई मनोनयन गरिएको केन्द्रिय अध्यक्ष पौड्यालले जानकारी दिए । त्यस्तै केन्द्रीय सदस्यहरूमा पुरु दाहाल ( कैलाली ), सान नेपाल ( झापा ), जिवराज बख्रेल ( मकवानपुर ) र ध्रुव अवस्थी ( कञ्चनपुर ) लाई मनोनयन  गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार