बाँके : बाँकेमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत लमही नगरपालिका वडा नम्बर ५ दाङकी ६५ वर्षीया महिला र बाफिकोट गाउँपालिका ९ रुकुम पश्चिमका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ८ जनाको मृत्यु भएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस