जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र २६ गते शनिवार

फाइल तस्बिर

जाजरकोट : नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।  प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार