तुलसीपुरमा कोरोना निको भएका र शंका लागेको स्वास्थ्य परीक्षण गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १८ गते शुक्रवार

 दाङ :  तुलसीपुर उपमहानगरपालिकाले भदौ २० देखि २२ गते सम्म निःशुल्क स्वास्थ्य घुम्ती शिविर गर्न लागेको हो । तुलसीपुर  मेट्रो अस्पताल , कोरोना आइसोलेसन अस्पतालको आयोजनामा तथा जन स्वास्थ्य प्रवर्द्धन शाखाको  सहकार्यमा  कोरोना संक्रमण भइ निको भएका र शंका लागेको ब्यक्तिहरूको निःशुल्क स्वास्थ्य घुम्ती शिविरको आयोजना गरिएको उपमहानगरमा जनस्वास्थ्य निरीक्षण एवं कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार  कोरोना अस्पतालमा भर्ना भई डिस्चार्ज भएका ब्यक्तिहरू तथा  सन्देहास्पद लक्षण भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परिक्षण विशिष्ट  चिकित्सकद्वारा  गरिने कार्यक्रम रहेको छ । साथै उनले उक्त शिविर सबै वडाहरूमा भएकाले सेवा  लाभ लिन समेत आग्रह गरेका छन् । उनका अनुसार भदौ २० गते  तकियापुर नगर स्वास्थ्य केन्द्र,  हलवार स्वास्थ्य चौकीमा शिविर हुनेछ । त्यस्तै २१ गते बिजौरी स्वास्थ्य चौकी, मानपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने उनले जानकारी  दिए  त्यस्तै भदौ २२ गते उरहरी स्वास्थ्य चौकी, टरिगाउँ स्वास्थ्य चौकी र अन्य  वडाहरूमा तीज पछि शिविर सञ्चालन हुने समेत जानकारी दिए  । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार