खुला फुटबल प्रतियोगितामा टाइगर, रोयल बिजौरी र आरकेको बिजयी सुरुवात 

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ भाद्र १८ गते शुक्रवार

दाङ  : तुलसीपुर ८ को गैरी चौरमा सञ्चालित खुला फुटबल प्रतियोगिता २०७८ मा टाइगर युवा क्लब दमारगाउँ, रोयल बिजौरी र आर. के फुटबल क्लब टिकरीले बिजयी सुरुवात गरेका छन् । बागेश्वरी टोल विकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथा फुटबल क्लबलाई सर्ट एण्ड डेथमा २ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै टाइगरले बिजयी सुरुवात गरेको हो । त्यस्तै रोयल बिजौरीले शिव ज्योति क्लबलाई  शून्यका  विरुद्ध ३ गोलको अन्तरले पाखा लगाउदै बिजयी सुरुवात  गर्यो । त्यस्तै आयोजक बागेश्वरी टोललाई ट्राइबेकरमा १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आरके फुटबल क्लब ‘बि’ ले बिजयी यात्रा सुरु गरेको हो । यसैबीच शनिवार बिहान हुने पहिलो खेलमा एसएस  एफए ओल्ड राइजिङ र आरके फुटबल क्लब टिकरी  ‘ए’ भिड्ने छन् । खेल बिहान ७  बजे बाट सुरु हुने छ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा  पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउँदै सञ्चालित प्रतियोगिताको विजेता टिम ले खसी तथा उपविजेता टिमले नगद ७ हजार ५ सय, मेडल, प्रमाणपत्र हात पार्ने छन्, भने  खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणि बस्यालले जानकारी दिए ।  यसैबीच प्रतियोगिताको उद्घाटन आयोजक बागेश्वरी टोल विकास संस्थाका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का अध्यक्ष वेद बहादुर केसी प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको थियो । डोमकान्त पाण्डेको स्वागत रहेको कार्यक्रम को सञ्चालन अभिषेक दहालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार