लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १८ गते शुक्रवार

बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार