दाङ : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १० पड्डा निवासी ५२ वर्षीय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । डाँगीलाई आफ्नै घरको कोठामा बत्ती बाल्ने क्रममा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै मृतक डाँगीको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस