दाङमा भदौ २१ मा कांग्रेसको वडा अधिवेसन

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १८ गते शुक्रवार

दाङ :  दाङमा नेपाली कांग्रेसको वडास्तरको अधिवेशनको मिति सरेको छ । आज हुने भनिएको निर्वाचनको मिति सारेर नेपाली कांग्रेस दाङले भदौ २१ गते वडाको निर्वाचन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस दाङको कार्यालयमा बिहीवार सम्पन्न सर्बपक्षीय बैठकले आउँदो २१ गते वडाको निर्वाचन गर्ने निर्णय भएको कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीले बताए । केन्द्रीय कार्यालयले १८ गते अधिवेशनको मिति तय गरे तापनि विविध कारणले २१ गतेसम्म अधिवेशन सक्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतसहित जिल्लाका शीर्ष नेताहरुबीच छलफल गरी २१ गतेसम्म निर्वाचन सक्ने निर्णय भएको हो । त्यस्तै शुक्रवार निर्वाचन तालिका सार्वजनिक गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ ।
‘वडा तहको मतदान २१ गते हुनेछ, २१ गते सवै वडाहरुको अधिवेशन सक्ने गरी मिति तय भएको छ’, सचिव डाँगीले भने । अधिवेशनलाई कसरी सहजता र सरलता बनाउने विषयमा छलफल भएको बताएको छ । १४औं महाधिवेशन वडा तहमा भने शुक्रबारदेखि नै सुरु हुनेछ । शुक्रबार करिब ६० जिल्लामा वडा अधिवेशन हुने भएको छ । कांग्रेसले भदौ १८ मै देशैभरका सबै वडामा अधिवेशन गर्ने भने पनि तयारी नपुगेकोले केही जिल्लामा केही दिन धकेलिने भएको हो । वडा अधिवेशनका लागि मतदाता क्रियाशील सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार