आज श्रीकृष्ण जन्माष्टमी

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १४ गते सोमवार

काठमाडौं : आज भाद्र कृष्ण अष्टमी । विश्वभरका हिन्दु धर्मावलम्बीले आजको दिनलाई श्री कृष्ण जन्माष्टामीको रुपमा विषेश पुजा आराधना गरि पर्वको रुपमा मनाउँदछन् ।कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट भगवान श्रीकृष्णलाई पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार