दाङ : दाङमा प्रहरीले अवैध सालको काठ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ५ कालापानी बस्ने करिब २६ वर्षीय प्रदिप कुमार चौधरी, गढवा गाउँपालिका ४ खड्गपुर बस्ने करिब २४ वर्षीय साहिद मुसलमान र राप्ती गाउँपालिका ८ पिपरा बस्ने करिब ३७ वर्षीय बिनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर गढवा कक्रहवाबाट लमही तर्फ जाँदै गरेको लु २ च ७७४१ नम्बरको पिकअप गाडीमा १७ थान सालको घप्पु फेला पारेपछि उनीहरूलाई गाडी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार गढवा गाउँपालिका ६ गढवा लमही रोडमा अवैध रुपमा काठ ओसार पसार हुन लागेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय लमही देउखुरी दाङमा बुझाइएको प्रहरीले जनाएको छ ।