योजना तथा कार्यक्रमको समीक्षा

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १० गते बिहिवार

तीर्थराज ज्ञवाली
देउखुरी दाङ :  राप्ती गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गरेको छ ।  गाउँपालिकाको ९ वडा वडा कार्यालयहरूको प्रगति तथा शाखाहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक रुपमा समीक्षा गरिएको हो । गाउँपालिका क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थितिमा भएको समीक्षामा गत आर्थिक वर्षमा वडा तथा शाखाहरूले सञ्चालन गरेका योजना तथा कार्यक्रमको  सञ्चालन बारे जानकारी गरिएको थियो । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमका लागि राप्ती गाउँपालिकाले सार्वजनिक रुपमा नागरिक तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भैदिने अनुरोध गरिएको थियो ।  कार्यक्रममा वडा तथा शाखा गत रुपमा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन उपर खुल्ला रुपमा सल्लाह सुझाव प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार