युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ   

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १० गते बिहिवार


काठमाडौं :  युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगङ्गा गाउँपालिका ३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिसामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइ दिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार