राप्तीमा पशुपन्छी उपचार केन्द्रद्वारा नवनिर्मित भवन वाट सेवा सुरु

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ८ गते मङ्गलवार


तीर्थराज ज्ञवाली
देउखुरी दाङ :  राप्ती गाउँपालिका पशुसेवा शाखाले पशुपन्छी  उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा नं ४ को गोपीनालामा रहेको पशुपन्छी उपचार केन्द्रको नवनिर्मित भवन वाट सेवा सुरु गरेको  शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए ।  पशुपन्छी उपचार केन्द्रले पशु सेवा प्राविधिक, पशुस्वास्थ्य प्राविधिक, नायब पशुस्वास्थ्य प्राविधिक गरि ५ जना कर्मचारी सहित आफ्नै भवनबाट निशुल्क सेवा दिन सुरु गरेको उनले जानकारी दिए ।  केन्द्रमा निशुल्क रुपमा पशुपन्छीहरूका गोबर परिक्षण, आन्तरिक बाहिरी परजीवीको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन भइरहेको  पशुस्वास्थ्य प्राविधिक कमल पुन मगरले जानकारी दिए ।  शाखाले नियमित रुपमा हिउँदे र वर्षे घाँसका बिउँ, बेर्ना वितरण गर्दै आएको बताउँदै कृषकहरूलाई पशुपन्छी तथा  मत्स्य पालन गर्दा कुनै समस्या आएमा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

  शाखाले छिटैृ आधारभुत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउँदै सीसहनिया बाट समेत सेवा दिँदै आएकोले वडा नं ५ को कार्यालयमा रहेको उपचार केन्द्र समेत सम्पर्क गर्न पशुपन्छी पालकलाई अनुरोध गरे । शाखाले एक सूचना मार्फत पछिल्लो समय पशुपन्छीमा लाग्ने सरुवा रोग जस्तै पी पी आर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखिएकोले पशुपन्छी ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापदण्ड पुरा गरेको पशुपन्छी खरिद बिक्री तथा ढुवानी गर्न सबैमा अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार