तुलसीपुरमा थप ६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६२

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ७ गते सोमवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको परीक्षण  गर्दा ६ जनामा संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार योसँगै हाल उपमहानगरमा ६२ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् । त्यस्तै दोस्रो लहर शुरु भएसँगै गत बैशाख १ गतेदेखि हाल सम्म ३ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्य १ हजार ९५४ जना पुरुष र १ हजार ५७८ जना महिला रहेको समेत उनको भनाइ छ । ति मध्य ३ हजार ३९१ जनाले कोरोना जितेका छन्, भने ५३ जना पुरुष र ३२ जना महिला गरी ८५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै पहिलो र दोस्रो लहरमा गरी उपमहानगरमा ४ हजार ३७७ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ४ हजार २२८ जना निको भएको र ७१ जना पुरुष र ३६ जना महिला गरी १०७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका समेत उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार