दाङ : दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु (कस्तुरी) को विना सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ७ का ३३ वर्षीय मोहन बूढा र प्यूठानका प्यूठान नगरपालिका १ का २२ वर्षीय मदन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही १५ शहीद गेट स्थित होटल टुडे प्लाजामा प्रतिबन्धित बन्यजन्तु (कस्तुरी) को विनाको बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट खटिएको प्रहरीले आइतबार दिउँसो करिब ४ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार उनीहरू बसेको होटलको कोठा चेकजाँच गर्दा उनीहरु लुकाइ छिपाइ राखेको अवस्थामा ३१ ग्राम २०० मिलिग्राम कस्तुरीको बिना फेला परेको थियो । साथै उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।