दाङमा कपाल प्रत्यारोपण सुरु

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ७ गते सोमवार

दाङ : पश्चिम नेपालमै पहिलो पटक दाङमा कपाल प्रत्यारोपण सुरु भएको छ । दाङको तुलसीपुरमा रहेको भ्याली सिद्धार्थ पोलिक्लिनिकमा कपाल प्रत्यारोपण सेवा सुरु भएको हो । आइतबार तुलसीपुरका एक व्यक्तिको कपाल सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । डा . रूपक घिमिरेको टिमले आइतबार कपाल प्रत्यारोपण गरेको हो । जिल्लामा यसको माग अत्यधिक बढेपछि कपाल प्रत्यारोपणको सेवा सञ्चालन गरेको पोलिक्लिनिकका प्रबन्ध निर्देशक कर्णबहादुर वलीले बताए । दाङमै विशेषज्ञ सेवा दिने उद्देश्यले स्थापना भएकोले संस्थाले अरूभन्दा फरक र आवश्यक सेवा दिइरहेको समेत बताए । जिल्लामा यो सेवा नयाँ त हो ।

पश्चिम नेपालमै पहिलो पटक काठमाडौँ बाहिर कपाल प्रत्यारोपण भएको दावी समेत वलीले गरेका छन् । अहिलेसम्म एक हजार ५ सयजनाको कपाल प्रत्यारोपण गरेका बरिष्ठ छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण विशेषज्ञ घिमिरेले ९९ प्रतिशत सफल भएको बताए । ‘मुस्किलले १०र१५ जनाको पुनः प्रत्यारोपण गरिएको होला’ उनले भने, ‘अहिलेसम्म प्रत्यारोपण गरिएका सबै केस सफल भएका छन् ।’ आइतबार तुलसीपुरमा पूरै टाउको भरीको कपाल प्रत्यारोपण गरिएको डा घिमिरेले बताए । विश्वमै पहिलोपटक सन् १९५० को दशकतिर अमेरिकास्थित न्युर्ओक ड्रमोलोजिस्ट नोरम्यान ओरेन्टेरिकले यो सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार