माधव नेपालको पार्टीको नाम नेकपा एकीकृत समाजवादी

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ४ गते शुक्रवार

काठमाडौं : माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम  ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो। यसअघि प्रस्तावित नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने देखिएपछि नयाँ नाम प्रस्ताव गरिएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार